काठमाडौं । बागमती प्रदेश सरकारले नेपाल प्रहरीलाई ३० मोटरसाईकल हस्तान्तरण गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सवारीसाधनको विकल्पका रूपमा प्रदेश सरकारले दुईपांग्रे सवारीसाधन उपलब्ध गराएको हो।
प्रदेश सरकारबाट विनियोजित ९७ लाख २० हजार रुपैयाँ बजेटबाट खरिद गरिएका १६० सिसीका मोटरसाइक प्रदेश प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले संयुक्त रूपमा प्रदेश प्रहरी प्रमुख अरुण पौडेललाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका हुन् ।
