काठमाडौं - भक्तपुरमा शुक्रबार राति एक हृदयविदारक घटना भएको छ, जहाँ छोराले आफ्नै आमाको हत्या गरेका छन्। मध्यपुर थिमि नगरपालिका–३, तेर्सेटा क्षेत्रमा २७ वर्षीय प्रविण भण्डारी ले आफ्नी आमा ५० वर्षीया सरिता भण्डारी माथि धारिलो हतियार प्रहार गरेका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार धनुषाको मिथिला नगरपालिका–११ स्थायी घर भएका आमा–छोरा हाल तेर्सेटामा डेरामा बस्दै आएका थिए। आक्रमणबाट गम्भीर घाइते भएकी सरितालाई उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि आरोपी प्रविण भण्डारीले आफैंलाई पनि धारिलो हतियारले चोट पुर्याएका छन्। उनी घाइते अवस्थामा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।