काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ हवल्दारहरुको बढुवा तथा पदस्थापन भएको छ । प्रहरी उपरीक्षकको पुस २९ गतेको निर्णयअनुसार हवल्दारबाट वरिष्ठ हवहल्दार पदमा बढुवा भएका उनीहरुको बढुवा तथा पदस्थापन गरिएको हो ।
उनीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रदान कार्यालयले जनाएको छ ।
यस्तै प्रहरीका ४९६ जना वरिष्ठ हवल्दारहरुको सरुवा भएको छ ।