गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार चढेको गाडी गोरखाको भीमसेनथापा गाउँपालिका–३ मा तोडफोड गरिएको छ। पार्टीसम्बन्धी कार्यक्रमका लागि उक्त स्थान पुगेका परियारको गाडी राति पार्किङमा राखिएको अवस्थामा क्षति पुर्याइएको हो।
रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार पार्टीको भेलामा सहभागी हुन गएका बेला परियारको गाडीमा तोडफोड भएको हो। घटनापछि यसबारे पार्टीले गम्भीर चासो व्यक्त गरेको छ।
घटनाको यथार्थ पत्ता लगाउन स्थानीय प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाउन आग्रह गरिएको प्रवक्ता झाले बताए। तोडफोड कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।