काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजावादी प्रदर्शनमा सहभागी हुन भन्दै एसएमएस पठाएको आरोपमा सेढाईं नामक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ परेका सेढाईंले एकैपटक ठूलो संख्यामा मानिसलाई प्रदर्शनमा आउन एसएमएस पठाएको पाइएको छ। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसपी काजीकुमार आचार्यका अनुसार उनीले ५० लाखभन्दा बढी व्यक्तिलाई सन्देश पठाएका थिए।
प्रहरीले जनाएको छ कि उनले नेपाल टेलिकमको गेटवे प्रयोग गरेर एटी अलर्ट को नाममा सन्देश पठाएका थिए। यसका लागि उनले दूरसञ्चार कम्पनीहरूसँग सम्झौता गरी एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको दाबी पनि गरेका छन्।
सेढाईं चितवनका हुन् र उनी कार व्यवसाय तथा पेट्रोल पम्प सञ्चालन गर्दै आएका छन्।