काठमाडौं । नेपाली कांग्रेसकाे विशेष महाधिवेशन भाेलिसम्म लम्बिने भएकाे छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल चलिरहेकाेले बैठक भाेलिसम्म लम्बिएकाे विशेष महाधिवेशन प्रचारप्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बताए।
उपसमितिका सदस्य सचिव चम्लागाईंले नेतृत्व चयन पनि भाेलि नै शुरू हुने बताए । उनका अनुसार प्रतिवेदनमाथिको छलफल सकिएपछि नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।
महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रतिवेदन र अर्का महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् । दुवै प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिका नाै वटा समूह गठन भएका छन् ।