काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन रोक्न निरन्तर पहल गरिरहेको बताएका छन्। सोमबार काठमाडौँमा आफ्ना निकट नेताहरूसँगको छलफलका क्रममा कोइरालाले पार्टीभित्रको वर्तमान अवस्थाबारे निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सबैसँग छलफल गर्ने योजना रहेको बताएका छन्।
छलफलपछि कांग्रेस नेतृ सरिता प्रसाईंले भनेकी छन् कि पार्टी अप्ठेरो अवस्थामा रहेकाले सबै नेताहरूले एकठाँउमा पार्टीलाई ल्याउन अधिकतम पहल गर्नु आवश्यक छ। उनले पार्टीभित्रको बहसलाई सम्मानका साथ अगाडि बढाइने तर बहसको नाममा विभाजन गर्ने छुट कसैलाई नदिइने स्पष्ट पारेकी छन् डा.कोइरालाले आफ्नो नेतृत्वमा पार्टीलाई एकताबद्ध गरेर अघि बढाउने प्रयासमा आफूहरू रहेको पनि जनाए। साथै, पार्टी विभाजनको षडयन्त्रको विरुद्ध आवश्यक खवरदारी गर्ने प्रतिबद्धता व्यक्त गरे।