काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस लास र दासहरूको पार्टी नभएको दाबी गरेका छन् ।
आइतबार काठमाडौँमा सुरु भएको पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
‘कांग्रेस दास र लासहरूको पार्टी होइन,’ महामन्त्री थापाले भने, ‘कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’
उनले कांग्रेस कुनै 'बा'हरूको पनि पार्टी नभएको भन्दै प्रश्न गर्न सक्ने पार्टी भएकाले कार्यकर्ताहरूको प्रयासले ज्युँदो कांग्रेस राख्ने प्रयास गरेको बताए ।
उनले महाधिवेशन चलिरहँदा सभापति देउवासहित केही नेताहरूबिच छलफल चलिहरेको भन्दै त्यहाँ दुई वटा महामन्त्रीले दु:ख दिइरहेको भनेर सुझाव दिएको हुनसक्ने भन्दै यसअघि पनि विभिन्न घटनामा सुझाव दिने पनि आफूहरू नै रहेको बताए ।