काठमाडौँ । नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले विशेष महाधिवेशनमार्फत परिवर्तित समयअनुसार पार्टीको समस्या समाधान गर्दै देश र जनताको हितमा काम गर्नसक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।
काठमाडौँमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति चन्दले पार्टीभित्रका समस्या समाधान गर्ने नीति र समयअनुसार चल्नसक्ने नेतृत्व चयन गरिनुपर्ने बताएका हुन्।
उनले विगत चार महिना कांग्रेस कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै पुनर्जीवित बनाउन भूमिका खेल्ने सबैलाई सम्मान गर्नुपर्ने बताए। उनले मुलुकले ठूलो परिवर्तन खाजेको भए पनि अन्य दुई ठूला दलहरु समयसापेक्ष रुपमा चल्न नसकेको पनि आरोप लगाए।