काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व राजनीतिमा देखिएका असुरक्षा, हस्तक्षेप र अत्याचारविरुद्ध पार्टीको स्थिर नीति रहेको बताएका छन् ।
शनिबारको पार्टी केन्द्रीय कमिटी बैठकमा विश्व परिस्थितिका पछिल्ला घटनाक्रमप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै उनले भने, ‘विश्व राजनीति अस्थिर, पूर्वानुमान गर्न कठिन र जोखिमपूर्ण बन्दै गएको छ, नियममा आधारित प्रणाली निष्प्रभावी हुँदैछ, बहुपक्षीयता र अन्तर्राष्ट्रिय व्यवस्था कमजोर हुँदैछन्, शक्ति राष्ट्रबीचको अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ ।’
ओलीले हालै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप, राष्ट्रपतिलाई नियन्त्रणमा लिनु र अमेरिका प्रक्रियामा मुद्दा चलाउनु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र बडापत्र र पञ्चशीलको विपरीत भएको भन्दै यसप्रति पार्टीको विरोध व्यक्त गरे ।
युक्रेनको भौगोलिक अखण्डता सम्बन्धी छलफल, ग्रिनल्याण्ड नियन्त्रण प्रयास र गाजा–वेस्ट ब्याङ्कमा प्यालेस्टिनी जनतामाथिको ज्यादतीप्रति गहिरो आपत्ति व्यक्त गरे ।