काठमाडौं । कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग गरेका छन् । रास्वपासंगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको अध्यक्ष पद सम्हाल्दै छन् ।
पार्टीले शनिबार औपचारिक रूपमा उनलाई अध्यक्ष पदमा स्वागत घोषणा गर्न लागेको हो । उज्यालो नेपालका केन्द्रीय सदस्य डा. महेन्द्र लावतीका अनुसार नवनियुक्त अध्यक्ष कुलमान घिसिङसँग प्रेस भेटघाट कार्यक्रम आयोजना गरिँदैछ।
प्रेस भेटघाट कार्यक्रम शनिबार साँझ ६ बजे त्रिपुरेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ। कुलमान को अध्यक्षतामा उज्यालो नेपालले आगामी राजनीतिक गतिविधि र पार्टी सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने लावतीले बताएका छन् ।
गत १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता सहमति दुई सातामै भाँडिएको छ ।