काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राष्ट्रिय शक्तिहरूबीच संवाद र सहमति आवश्यक भएको बताएका छन्। पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने जलपान समारोहका लागि विभिन्न नेताहरूसँग भेट्ने क्रममा उनले सामाजिक सञ्जालमार्फत यस्तो औंल्याएका हुन्। लिङ्देनका अनुसार अबको मार्ग
कसैले नजित्ने, नहार्ने, देशले जित्ने” शैलीमा हुनुपर्छ। उनले प्रधानमन्त्री सुशीला कार्की, नेकाका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेपाली कम्युनिस्ट पार्टी संयोजक प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेसँग भेटघाट र छलफल गर्ने अवसर पाएको बताए। सामाजिक सञ्जालमा उनले लेखेका छन्, “गम्भीर र तरल अवस्थामा साझा निष्कर्षमा पुग्न सबै राष्ट्रिय शक्तिहरूबीच संवाद र राष्ट्रिय सहमति अनिवार्य छ।