काठमाडौँ । अमेरिकी अध्यागमन अधिकारीले ३७ वर्षीया रेनी निकोल गुडलाई गोली हानी हत्या गरेपछि विवाद चर्किएको छ। अमेरिकी गृह सुरक्षा विभागले महिलाले एजेन्टहरूलाई गाडीले किच्ने प्रयास गरेको दाबी गरेको छ।
मिनियापोलिसका मेयर ज्याकोब फ्रेले यस घटनालाई शक्ति प्रयोगको घटना भने र अध्यागमन एजेन्टलाई सहर छाड्न आग्रह गरे। घटना बुधबार बिहान करिब १०ः २५ बजे भएको थियो र सो क्षण सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा देखिएको छ। भिडिओ अनुसार, महिलाको एसयुभी सडकमा रोकिएको थियो र अधिकारीहरूले गाडी नजिक आएपछि गोली चलाएका थिए। ट्रम्प प्रशासनले एजेन्टहरूलाई निर्ममतापूर्वक किचिएको दाबी गरेको छ र मिनियापोलिसमा थप २ हजार संघीय एजेन्ट तैनाथ गरेको छ। मेयरले यसले सहर असुरक्षित भएको बताएका छन्।