धनगढी । प्रहरी जवान विक्रम राउतको ब्लड क्यान्सरका कारण निधन भएको छ। बाजुरा जिल्लाको छेडेदह गाउँपालिका–५ डोगडी बुढाथोकी स्थायी घर भएका राउतको उपचाररत अवस्थामा निधन भएको हो।
उनी कैलालीमा कार्यरत थिए। राउतको काठमाडौंमा उपचारका क्रममा बुधबार निधन भएको जनाइएको छ। लामो समयदेखि ब्लड क्यान्सरको उपचाररत रहेका राउतको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारकै क्रममा उनले ज्यान गुमाएको पारिवारिक स्रोतले जनाएको छ।