काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। ललितपुरको लुभुस्थित लामाटारमा रहेको अध्यक्ष लिङ्देनको निवासमा आज बिहान उक्त भेटवार्ता भएको हो।
भेटका क्रममा आगामी निर्वाचनको वातावरण निर्माणका विषयमा छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिएका छन्। उनका अनुसार निर्वाचन सम्पन्न गर्न राप्रपा प्रतिबद्ध रहेको विषयमा पनि कुराकानी भएको थियो। सरकारका प्रवक्ताको हैसियतमा मन्त्री खरेलले निर्वाचनका लागि आवश्यक वातावरण तयार पार्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग निवासमै पुगेर भेटघाट तथा परामर्श गर्दै आएका छन्।