काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाका लागि उम्मेदवारहरुको टुंगो लागेको छ । माघ ११ गते हुने राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँगसमेत तालमेलको अवस्थामा एमालेले पाउने ७ सदस्यका लागि उम्मेदवारहरु तय भएका हुन् ।
एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ । यस्तै, बागमतीमा डा. प्रेमकुमार दङ्गाललाई उम्मेदवार बनाइएको छ ।
गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको हो । आज राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन तालिका छ । मधेश प्रदेशको भने नाम तय हुन बाँकी छ ।