काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले सरकारबाट राजीनामा नदिने बताएका छन्।
काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले आजका मितिसम्म आफू कुनै पनि दलको सदस्य नरहेको बताएका हुन् ।
आजका दिनसम्म कुनै पार्टीको सदस्य नभएको स्पष्टिकरण दिँदै उनले सरकारबाट नबाहिरिने अडान लिएका हुन् ।
यस्तो जवाफ दिए पनि कुलमानकै पहलमा उज्यालो नेपाल पार्टी दर्ता भएको थियो । उनले उक्त पार्टीको अध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई राखेका थिए ।
उनी उज्यालो नेपालको संगठन विस्तारका लागि देशका विभिन्न भागमा पुगेका पनि थिए । तर अचानक उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा उज्यालो नेपाललाई विलय गराए । उनी रास्वपामा सभापति लामिछानेपछिको दोस्रो वरीयता लिएर उपसभापतिको हैसियतमा छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमा ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चार मन्त्री जगदीश खरेलसँग राजीनामा मागेकी छिन्।