काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमा ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चार मन्त्री जगदीश खरेलसँग राजीनामा मागेकी छिन्।
मन्त्रिपरिषद्का सहभागी एक मन्त्रीका अनुसार, प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई सरकार र आउँदो निर्वाचनका लागि सहयोग पुर्याउन आग्रह गरिन् ।उनले भनिन्, “मानिसहरूले सरकारलाई रास्वपाको प्रभावमा रहेको भनि हेर्न थालेका छन्। यसले निष्पक्ष निर्वाचनको लक्ष्यमा असर पर्न सक्छ।”
ती मन्त्रीहरू राजनीतिक दलमा आबद्ध भएपछि सरकारको विश्वसनीयतामा प्रश्न उठेको भन्दै प्रधानमन्त्रीले पदबाट राजीनामा दिन आग्रह गरिएको हो । बैठकपछि पनि प्रधानमन्त्रीले व्यक्तिगत रूपमा ती मन्त्रीसँग भेटेर सहयोगको अपेक्षा व्यक्त गरेको बताएकी छिन्।
उर्जा मन्त्री कुलमान घिसिङ हाल उज्यालो नेपाल पार्टीसँग एकतामा गएका छन् र सो दलका उपसभापति बनेका छन्। खेलकुद मन्त्री बब्लु गुप्ता रास्वपा र उज्यालो नेपालबीचको एकता वार्तामा सहभागी थिए। सञ्चार मन्त्री जगदीश खरेलले रास्वपा र बालेन्द्र शाहबीचको एकतापछि सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका कारण उनलाई पनि रास्वपा समर्थकका रूपमा हेरिएको छ।