काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ। पार्टी प्रवक्ता मनिष झाले जानकारी दिँदै भने, बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुनेछ।
बैठकमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति र पार्टी समायोजन उपसमितिको विस्तार, केन्द्रीय समिति विस्तार र निर्वाचन परिचालन समिति गठन जस्ता महत्वपूर्ण विषयमा छलफल हुने छ। त्यस्तै, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश र जिल्ला स्तरमा पार्टी प्रवेश कार्यक्रम, साथै स्थानीय तहस्तरका उम्मेदवार क्लब गठनसम्बन्धी विषयमा समेत बैठकमा विचारविमर्श हुने प्रवक्ता झाले बताए।