काठमाडौँ । नेपाली कांग्रेस आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महाधिवेशनभन्दा पनि निर्वाचनमा केन्द्रित भएर नेताहरूले आफ्नो धारणा राखेका थिए ।
बैठकले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय पनि गरेको छ । माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले संविधान निर्माणमा संलग्न दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार साँझसम्म सबै दलसँग कुरा मिल्ने बताए । मंगलबार (आज)उम्मेदवारको टुंगो लगाइने उनले बताए ।
त्यसअघि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आसन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले सहितसँग तालमेल गरेर जाने विषयमा भएको छलफलबारे पार्टी कार्यसम्पादन समितिमा ब्रिफिङ गरेका थिए ।