काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न भनेका छन् ।
सोमबार काठमाडौंमा पार्टी समायोजन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘रास्वपाको उत्साह देखेर पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई म भन्छु- डाक्टरसाप आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्,’उनले भने ।