काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीबाट मिलन लिम्बूले नाम फिर्ता लिने घोषणा गरेका छन् ।
लिम्बू रास्वपाको आदिवासी जनजाति पुरुष क्लस्टरको छैटौं नम्बरमा सिफारिस भएका थिए । उनले सामाजिक सञ्जालमार्फत सोमबार समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका हुन् ।