काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूलाई बलियो बनाउने उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वसहित थरुहट अभियन्ताहरूबीच एकता भएको छ ।
आईतबार भएको सहमति पत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित तथा थरुहट अभियन्ताहरू लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष थारु बाहुल्य क्षेत्रलाई ‘थारु संरक्षित विशेष क्षेत्र’ घोषणा गर्ने प्रतिबद्धता रहेको छ । संविधानको धारा ५६(५) को मर्म अनुरूप यसका लागि कानुनी र संवैधानिक प्रक्रिया सुरु गर्ने सहमति भएको छ । दुवै पक्षले टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेका छन् ।
