काठमाडौँ । थरुहट रथारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु भएको छ।
काठमाडौँको सभागृहमा आयोजित कार्यक्रममा रास्वपाका सभापति रवि लामिछानेसहित विभिन्न अभियन्ता तथा नेताहरूको उपस्थिति रहेको छ। सो अवसरमा थरुहट रथारुवान क्षेत्रका नेतृत्व र अभियन्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीसँग राजनीतिक समायोजनको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको जनाइएको छ।कार्यक्रममा राजनीतिक समावेशिता, क्षेत्रीय मुद्दा तथा आगामी राजनीतिक कार्यदिशाबारे समेत धारणा प्रस्तुत हुने अपेक्षा गरिएको छ।