काठमाडौँ । सुनिल लम्साल राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री मनोनित भएका छन् । बालेन समूह रास्वपामा समाहित भएपछि आज बसेको केन्द्रीय समिति बैठकले लम्सालाई महामन्त्रीमा मनोनित गरेको हो ।
अब रास्वपामा दुई जना महामन्त्री बनेका छन् । यसअघि नै कविन्द्र बुर्लाकोट महामन्त्रीका रुपमा थिए । त्यस्तै बालेन समूहबाटै भूपदेव शाह सहमहामन्त्री मनोनीत भएका छन् ।
अब रास्वपामा सहमहामन्त्री पनि २ जना भएका छन् । यस अघि विपिनकुमार आचार्य सहमहामन्त्री रहेका थिए । यस्तै बालेन समूहबाटै सस्मित पोखरेल सहप्रवक्ता मनोनित भएका छन् ।
उनीहरु तीनै जना काठमाडौँ महानगरका मेयर बालेन शाहको सचिवालय समूहमा रहेका थिए ।