काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ। बैठकको मुख्य उद्देश्य केन्द्रीय समितिमा लैजाने एजेन्डा तय गर्नु हो।
सचिवालय बैठकमा पार्टी समायोजन, विस्तार र सुदृढीकरणसम्बन्धी एजेन्डाहरू छलफल भइरहेको छ। साथै, समानुपातिक बन्दसूचीमा रहेका नामहरूको विषयमा पनि विचार विमर्श हुने जनाइएको छ। पार्टीले दिउँसो १ बजे केन्द्रीय समिति बैठक आह्वान गरेको भए पनि अहिलेसम्म सुरु भएको छैन। सचिवालय बैठक सकिएपछि केन्द्रीय समिति बैठक बस्ने अपेक्षा गरिएको छ।