ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँच जना नेताको नाम उम्मेदवार सिफारिस गरेको छ ।
आज सम्पन्न जिल्ला कमिटीको बैठकले प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारका रूपमा पार्टी उपमहासचिव योगेश भट्टराई, कोशी प्रदेशसभा सदस्य तथा केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, युवा संघ नेपालका केन्द्रीय अध्यक्ष एवं केन्द्रीय सदस्य क्षितिज थेवे, कोशी प्रदेशका पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य टंक आङ्बोहाङको नाम अघि सारेको हो ।
यसैगरी, फुङ्लिङ नगरपालिका उपप्रमुख तथा एमाले जिल्ला कमिटीकी उपसचिव भिमादेवी ओझालाई पनि उम्मेदवारका रूपमा सिफारिस गरिएको जिल्ला अध्यक्ष दिपेन पोमुले जानकारी दिए ।
उपमहासचिव भट्टराई यसअघि २०७४ र २०७९ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका अनुभवी नेता हुन् ।