काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट केपी शर्मा ओलीको नाम एकल रुपमा सिफारिस भएको छ । नेकपा एमालेको अध्यक्ष समेत रहेका ओली आगामी निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट एकल रुपमा सिफारिस भएका हुन् ।
बिर्तामोडमा शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले ओलीको नाम एकल सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । ओली यसअघि पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी हुँदै आएका छन् ।