काठमाडौं । बुद्ध एयरले भद्रपुर विमानस्थलमा भएको जहाज दुर्घटनाको विस्तृत छानबिनका लागि नागरिक उड्डयन प्राधिकरणलाई पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
बुद्ध एयरले शनिबार दुर्घटनाको अपडेट दिँदै घटनाको विस्तृत छानबिनका लागि नागरिक उड्डयन प्राधिकरणलाई पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
शुक्रबार काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज रन–वे बाहिर जाँदा दुर्घटनामा परेको थियो । जहाज दुर्घटना हुँदा सामान्य घाइते भएका यात्रुहरू प्राथमिक उपचारपछि सकुशल घर फर्किसकेका एयरलाइन्सले जनाएको छ । उक्त विमानमा ५१ जना यात्रु सवार थिए ।
