काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरेका छन् ।
बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले विकल्प विशेष महाधिवेशन मात्रै भएको बताएका हुन् ।
नियमित महाधिवेशन स्थगन गरिएकाे बताउँदै उनीहरुले विशेष महाधिवेशन विकल्प भएकाे बताए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत नियमित महाधिवेशन स्थगित गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
