काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारतर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिएपछि कांग्रेसले बन्दसूची बुझाउन सकेको थिएन । मंगलबार बिहान मात्रै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मासहितका नेता सूची बुझाउन पुगेका थिए ।
तर त्यसपछि पनि सभापति देउवासँग सल्लाह गर्न नेताहरू आयोगबाट महाराजगञ्ज पुगेका थिए । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसकातर्फबट ११० जनाको नाम आयोगमा बुझाइएको छ ।




