काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताका लागि औपचारिक सहमति भएको छ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाललाई समावेशी, सहभागितामूलक, न्यायपूर्ण र समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा सुदृढ बनाउने साझा लक्ष्यसहित दुवै पार्टीले एकतासम्बन्धी सहमति–पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका संयोजक माधव कुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।
