काठमाडौं। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालले एकै चुनाव चिह्न लिएर फागनुको निर्वाचनमा जाने भएका छन् ।
सोमबार निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउन पुगेका यी तीन नेताले नाउपा नेपालको चुनाव चिह्न जाँतोबाट तीन दल लड्ने बताएका हुन् ।
उनीहरूले निर्वाचन आयोगमा एकै चुनाव चिह्नबाट जाने गरी बराबरी बन्दसूची पेश गरेका छन् ।