वीरगञ्ज । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मधेस प्रदेशको एकता बैठकबाट पर्सा जिल्ला इन्चार्जमा अमिताभ बच्चन दास सर्वसम्मत रूपमा चयन भएका छन्।
पार्टीको विशेष बैठकले दासलाई जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। नवनियुक्त इन्चार्ज दासले पार्टीले सुम्पिएको जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ निभाउने प्रतिबद्धता व्यक्त गरे ।
बैठकले आगामी दिनमा पर्सा जिल्लामा राजनीतिक गतिविधिलाई तीव्रता दिने र आम जनताका समस्या समाधानका लागि सडकदेखि सदनसम्म आवाज उठाउने निर्णय समेत गरेको छ।