काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले आफूले राजीनामा नदिएको स्पष्ट पार्दै सरकारी गाडी मात्र बुझाएको बताएकी छन्। उनले प्रतिनिधि सभा नरहेको अवस्थामा सरकारी सुविधा लिन उपयुक्त नभएको ठानेर गाडी फिर्ता दिएको बताइन्।
सान्दर्भिक सञ्चारमाध्यममा राजीनामा दिएको समाचार आएकोमा उनले असन्तोष व्यक्त गर्दै भने, “मैले गाडी बुझाएको हो, तर राजीनामा दिएको छैन।” रानामगरले आफ्नो कामलाई बेवास्ता गरी आलोचना गरिनु दुःखद भएको पनि बताइन्।
उनले संविधानको धारा ९१ अनुसार सभामुख र उपसभामुखको कार्यकाल प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्तासम्म कायम रहने भएकाले सोही अनुसार सेवा–सुविधा मात्र त्यागिएको स्पष्ट पारेकी छन्। समानुपातिक सांसदका रूपमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पुस १३ र १४ गते मनोनयन दर्ता हुँदैछ।