काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा उनलाई शपथ गराएका हुन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतलगायत सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख तथा संवैधानिक अंगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। शर्मा नेपाली सेनाका पूर्वरथी हुन्। परराष्ट्रमन्त्रीका रूपमा उनले नेपालको विदेश नीति, कूटनीतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।