काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनसँगै तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेको बताएका छन् ।
बिहीबार जारी अपिलमा दाहालले चिसोका कारण विशेषगरी समाजका गरीब तथा सिमान्तकृत वर्गका नागरिक बढी पीडित भएको उल्लेख गर्दै उनीहरूलाई तत्काल सहयोग पुर्याउन सरकार, राजनीतिक दल, संघ-संस्था र सबै सरोकारवालासँग आग्रह गरेका छन्।
उनले सम्भावित मानवीय क्षति र स्वास्थ्य समस्या रोक्न तीनवटै तहका सरकारलाई आवश्यक प्रतिकार्यका लागि तयारी गर्न आह्वान गरेका छन् ।
