काठमाडौँ । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन गुरुङ र मिराज ढुङ्गानालाई चेतावनी दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै संयोजक बमले गुरुङ र ढुङ्गानाको पितृसत्तावादी सोचप्रति आपत्ति जनाउँदै चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न चेतावनी दिएकी हुन् ।
‘चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस् र याद गर्नुस्, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन्। भदौ २८,२०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईँले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो’, उनले लेखेकी छिन् । बमले संसद् पुनः स्थापनाको बहसलाई पश्चगामी बाटोको संज्ञा दिँदै मुलुकको राजनीतिक कोर्स त्यस चरणभन्दा धेरै अघि बढिसकेको बताएकी छन् ।