काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समय परिवर्तन गरिएको छ। यसअघि बिहान सुरु गर्ने भनिएको बन्दसत्र अब दिउँसो ३ बजेका लागि सारिएको छ। भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुने छ।
केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बन्दसत्र ३ बजे सुरु हुने जानकारी दिएका हुन्। बन्दसत्रअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनको निर्णय संशोधन गर्दै केन्द्रीय सदस्य संख्या बढाउने र स्थायी कमिटी कायम गर्ने निर्णय गरेको छ।