काठमाडौँ । जेन्जी आन्दोलन पछि पनि सत्ताको लोभमा शिर्ष नेताहरु अझै तदारुक देखिन्छन् । सत्ताबाट बाहिरिएर नयाँँ पुस्तालाई बागडोर सम्हाल्न दिनुपर्नेमा आफै दोहोरीने तरखरमा छन् । हाल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिबेशनको तयारी तिब्र भईरहेको छ । तर, पार्टी सम्हाल्न अझै पुरानो अनुहारहरु नै अगाडी बढिरहनुले नेतृत्वमा नयाँ पन आउने देखिदैन ।
नेकपा एमालेको ११औँ महाधिबेशन मंसिर २७ देखी २९ सम्म गर्ने तयारी देखिन्छ भने, कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखी २८ गते गर्ने तयारी छ । लगभग १ महिनाको अन्तरालमा दुईवटै ठुला दलहरुले महाधिबेशन गर्नुले नेता कार्यकर्ताहरुमा उत्सह त देखिएला तर, महाधिवेशन गर्नका लागि मात्र गरिनुले यसको औचित्य कति पुटयाई होला । नेकपा ऐमालको महाधिवेशनको बन्द सत्रमा प्रतिनिधि र सहभागी गरी दुई हजार ६१३ सहभागी हुनेछन् ।
यता कांग्रेसले भने, जिल्लाको प्रतिनिधिसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने तरखरमा देखिन्छ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले फेरि एकपल्ट डडेलधुरा बाटै चुनावमा उम्मेदवारी दिने इच्छा ब्यक्त गरिरहनुले जेनजीहरुले तय गरेको नयाँ ब्यवस्था र नयाँपन प्रति केही अपेक्षाकृत परिवर्तन आउने देखिदैन । नेपाली कांग्रेस र नेकपा एमाले भित्र रहेका नेताहरु पनि महाधिवेशनबाट नयाँ प्रतिनितिधि छानिनु पर्नेमा आशावादी देखिन्छन ।