काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन् ।
शुक्रबार मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
त्यसअघि शुक्रबार नै यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सात दलले ७७ जना प्रदेशसभा सदस्यको समर्थन पत्रसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको थियो ।
मुख्यमन्त्री यादवलाई जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी दलको समर्थन छ ।