काठमाडौँ । २२औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा हाडिँगाउँबाट वृहत् र्याली निकालिएको छ। र्यालीमा विभिन्न गुठी, ज्यापु समुदायमा परम्परागत धार्मिक जिम्मेवारी वा समूहको सक्रिय सहभागिता रहेको छ। योमरी पूर्णिमा र ज्यापु दिवसको अवसरमा हाडिँगाउँबाट सुरु भई र्याली वटु, न्यूरोड हुँदै बसन्तपुर सभामा परिणत हुने छ । र्यालीमा सहभागीहरु परम्परागत नेवारी पोशाकमा सजिएका छन् र धिमे बाजा सहितका झाँकी प्रदर्शन गरेका छन् ।



र्यालीको समुद्घाटन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, काठमाडौँ महानगरपालिकाका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, कामपा ५ का वडाअध्यक्ष विरेन्द्र प्रजापति लगायतले गर्नुभएको थियो । ज्यापु समुदायको सांस्कृतिक संरक्षण र राष्ट्रिय ज्यापु दिवसको अवसरमा समुदायको ऐक्यबद्धता देखाउनका लागी र्याली आयोजना गरिएको हो। र्यालीमा विभिन्न गुठी, ज्यापु समुदायमा परम्परागत धार्मिक जिम्मेवारी वा समूहको सहभागीता सुनिश्चित गरी सांस्कृतिक रङ्ग र झाक्री नाच, परम्परागत रीतिरिवाज प्रदर्शन गर्दै निकालिएको छ ।
