काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएका छन् । विश्वासको मत नपाउने निश्चित भएपछि यादवले आज बसेको प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेर राजीनामा दिएका हुन् ।
प्रदेशमा एमालेसँग २५ प्रदेशसभा सदस्य छन् जसमध्ये एक जना निलम्बित छन् । १ सय ७ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ । विपक्षमा रहेको सात दलीय गठबन्धनमा कांग्रेसको २२, जसपा नेपालको १८, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादी पार्टीको ७ र नागरिक उन्मुक्ति पार्टी १ गरी दुई तिहाइ प्रदेशसभा सदस्य छन् ।