काठमाडौँ । डिजिटल प्रविधिको उपयोगमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित डिजिटल टुरिजम प्रमोशन एन्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर शीर्षकको चारदिने तालिम काठमाडौंमा सुरु भएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टान । द्वारा आयोजित तथा नेपाल पर्यटन बोर्ड र युएनडिपीको सस्टेनेबल टुरिजम प्रोजेक्टको सहकार्यमा सुरु भएको तालिममा ३० जना ट्रेकिङ व्यवसा यी र अफिस प्रोटोकल कर्मचारी सहभागी छन्।
टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईका अनुसार तालिममा सहभागीहरूलाई एआईमार्फत डिजिटल मार्केटिङ, अनलाइन क्याम्पेन सञ्चालन, सामग्री सिर्जना, डिजिटल ब्रान्डिङ र ग्राहक सेवा स्वचालनजस्ता विषयमा व्यावहारिक अभ्यास गराइनेछ। प्रशिक्षक सुमन बरालले विश्व पर्यटन बजारमा बढ्दो प्रतिस्पर्धाका बीच एआईको प्रयोगले नेपालको ट्रेकिङ व्यवसायलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने बताए। सहभागीहरूले पनि एआईका उपकरणहरूले काम छिटो, सरल र प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन्।
प्रशिक्षार्थी सलोना ढुंगाना र ऋषिप्रसाद नेपालले दैनिक कार्यमा एआईले ल्याएको सहजता उल्लेख गर्दै आधुनिक डिजिटल मार्केटिङ, कम्पनी प्रमोशन र इमेल अटोमेसनबारे महत्वपूर्ण ज्ञान पाएको बताए। रितिका धमलाले पुरानो प्रचारशैली अब प्रभावकारी नभएकाले एआई–आधारित प्रविधिले पर्यटन क्षेत्रमा नयाँ सम्भावना खोल्ने विश्वास प्रकट गरिन्। आयोजकले तालिमबाट सहभागीहरू आन्तरिक कार्यव्यवस्था सुधार गर्न, आकर्षक ट्रेकिङ प्याकेज तयार गर्न र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन सक्षम हुने अपेक्षा राखेको छ ।