काठमाडौँ । चर्नोबिल परमाणु दुर्घटनास्थलमा फेला परेको कालो फफूँदीले विकिरणबाट ऊर्जा लिने देखिएको छ। वैज्ञानिकहरू अहिले यसैलाई भविष्यमा अन्तरिक्ष यात्रुहरूलाई खतरनाक अन्तरिक्षबाट आउने शक्तिशाली किरण बाट बचाउन प्रयोग गर्न सकिन्छ कि भनेर अध्ययन गरिरहेका छन्। १९९७ मा, अनुसन्धानकर्ता नेल्ली झदानोभा चर्नोबिलको अत्यधिक रेडियशनयुक्त भत्किएको औद्योगिक भवनमा प्रवेश गर्दा उनले आश्चर्यजनक दृश्य देखिन्–भित्तादेखि छतसम्म कालो फफूँदीले ठाउँ ओकलेको थियो। मानिसहरू बस्न नसक्ने ठाउँमा यी ढुसीहरू सजिलै बढिरहेका थिए।
झदानोभाले यसअघि पनि चर्नोबिल वरपरको माटोसँग सम्बन्धित अध्ययनमा यी फफूँदी रेडियोधर्मी कणहरूको तर्फ आकर्षित हुने देखिएको पाइन्–बोटबिरुवाले घामतिर झुक्ने जस्तै, यी ढुसीहरू विकिरणतिर बढ्दै गइरहेका थिए। चर्नोबिल दुर्घटना (१९८६) पछि मानिसहरूलाई ३० किलोमिटरको क्षेत्रमा प्रवेश गर्न रोकिन्थ्यो, तर यही क्षेत्रमा यी कालो फफूँदीहरू फस्टाइरहेका थिए मेलानिन फफूँदीको ढाल यी ढुसीहरू कालो देखिनुको कारण मेलानिन हो–मानिसको छाला र कपालमा पाइने यही रङ बनाउने तत्व। झदानोभाका अनुसार यही मेलानिनले यी फफूँदीहरूलाई आयनाइजिङ विकिरणबाट जोगाइ दिएको थियो। तर, मेलानिन केवल सुरक्षा मात्रै होइन–विकिरणलाई ऊर्जामा बदल्ने क्षमता पनि हुनसक्छ भन्ने नयाँ अवधारणा वैज्ञानिकहरूले अघि सारेका छन्।
विकिरणलाई खाने ढुसी २००७ मा एकाटेरिना डाडाचोभा (न्यूयोर्क) ले देखाइन् कि चर्नोबिलमा पाइने फफूँदी विकिरणमा १०% बढि छिटो बढे। उनले यसलाई (radiosynthesis) नाम दिइन्–जसमा मेलानिनले विकिरणलाई उपयोगी ऊर्जामा रूपान्तरण गर्छ भन्ने मानिन्छ। अर्कोतर्फ, चर्नोबिल क्षेत्रमा रहेका भ्यागुताहरू पनि क्रमशः कालो हुँदै गएको भेटियो–उनीहरू मेलानिन धेरै भएका कारण विकिरण प्रतिरोधी बन्दै गएका थिए। अन्तरिक्षमा पनि उस्तै प्रभाव २०१८ मा यी फफूँदीका नमुना अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाइयो। परिणाम–फफूँदीले पृथ्वीको भन्दा १.२ गुणा छिटो वृद्धि गर्यो। साथै, फफूँदीको पातलो तहबाट पनि विकिरण केही मात्रामा कम भएको मापन गरियो–यसले फफूँदी प्राकृतिक विकिरण–ढाल हुनसक्ने सम्भावना अझै बलियो बनायो। तर वैज्ञानिकहरू अझै निश्चित छैनन्–यो विकिरणको ऊर्जा हो कि शून्य गुरुत्वाकर्षण को प्रभाव यसका लागि थप अध्ययन भइरहेको छ।
अन्तरिक्ष आधारका लागि फफूँदीको भित्तो चन्द्रमामा वा मंगलमा मानव बस्ती बनाउने योजनामा सबैभन्दा ठूलो समस्या हुन्छ–कोस्मिक विकिरण। पानी, धातु वा प्लास्टिकले ढाकेर सुरक्षा दिन सकिए पनि यी अत्यधिक भारी र महँगा सामग्री हुन्। नासा वैज्ञानिक लिन् रोथ्सचाइल्डलेको अवधारणा अघि सारेका छन् । चन्द्रमा वा मंगलमै उब्जाएर बनाइने फफूँदी–भित्ताहरू, जसले विकिरणबाट बचाउने र आफैं मर्मत–सम्भार हुने क्षमता राख्न सक्छ। जसरी चर्नोबिलको उजाड भूमिमा कालो फफूँदीले आफ्नो संसार बनायो, त्यसरी नै भविष्यमा मानवले अर्को ग्रहमा पाइला टेक्दा पनि यी फफूँदीले सुरक्षा कवचको काम गर्न सक्छन्।