काठमाडौँ । भक्तपुरबाट हतियारसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोल बस्दै आएका ३१ वर्षीय आयन सेढाईं रहेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट उनलाई हतियारसहित पक्राउ गरेको हो। भक्तपुर जिल्ला प्रहरी परिसरका अनुसार उनको साथबाट सेल्फ लोडेड राइफल (इन्सास) एक थान र त्यसमा प्रयोग हुने चार राउन्ड गोली बरामद गरिएको छ।
सादा पोसाकमा खटिएको प्रहरी टोलीले छापा मारेर रबरको गोली एक राउन्ड, सटगनमा प्रयोग हुने गोली एक राउन्ड, साथै एउटा खुकुरी र बञ्चरो पनि बरामद गरेको प्रहरीले जनाएको छ।