काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा गुल्मीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताएका छन् ।
सामाजिक सन्जालमा आफ्नो धारणा लेख्दै उनले यसले पार्टीको एकतालाई बलियो बनाउने जनाएका छन् । नेता भण्डारीले पार्टी एकता बनाउने र पुस्तान्तरण गर्ने प्रयास सफल भएको बताउँदै आवेगमा नभएर सबै मिलेर पार्टी सम्हाल्नुपर्ने जनाए ।