काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गतेको चुनावमा लाग्न पार्टी पंत्तिलाई निर्देशन दिएको छ।
शुक्रबार सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजित एकता सन्देशसभामार्फत नेकपाले फागुन २१ गते चुनाव हुने र त्यसको तयारीमा जुट्न नेता कार्यकर्तालाई आह्वान गरेको हो।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेकपाले एकतासभासँगै चुनावी वातावरण बन्दै गएको अवस्थामा तयारीमा जुट्न कार्यकर्तालाई अपिल गरेको हो।
संयोजक दाहालले अब चुनाव हुँदैन कि भन्ने अन्योला नराख्न आग्रह गरे।
‘हामी चुनावतिर केन्द्रित हुँदै छौँ। तपाईंहरू सबै पनि अब बिना दुविधा निर्वाचनको वातावरण बढाउन अगाडि बढ्नुहोस्, दाहालले अगाडि भने, ‘निर्वाचनको पहल हामीले र्गयौँ। अब विस्तारै नेपाली काँग्रेस पनि निर्वाचनको निर्णय गरिसक्यो। एमाले चाहिँ चिसै पानीले नुहाउने हो, भन्या जस्तो गरी दल दर्ता गरिनै सक्यो। अरू लफरा पारेर उसले जे-जे धाकधम्की दिए पनि केही अर्थ छैन त्यसको।’
भदौमा भएको जेनजी आन्दोलनपछि जटिल परिस्थितिलाई आफू र नेपालले संविधानमा कमभन्दा कम क्षति हुने गरी चुनावमा जाने वातावरण बनाएको दाहालको भनाइ थियो। उनले आफ्नो पार्टीले कोरेको बाटोतिर नै देश अगाडि बढ्दै गएको उल्लेख गरे।
उनले आउँदो चुनावमा पार्टी पहिलो शक्ति बन्ने उद्घोष गरे।
दाहालले अगाडि भने, ‘तपाईंहरू सबैलाई अपिल गर्दै र सुदूरपश्चिमले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्ने, नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बर बनाउनु कसैले रोक्नै सक्दैन, यसलाई एक नम्बर बनाएर नयाँ इतिहास रच्ने यो अवसर गुम्न नदिनुहोला।’