काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)विश्वराज पोखरेल राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। शुक्रबार बनस्थलीस्थित रास्वपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममार्फत् उनी रास्वपा प्रवेश गरेका हुन् ।
२०७७ मंसिर २५ गते एआईजी भएका उनले आईजीपीमा नियुक्त नगरेपछि २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए । वरीयता मिचेर सरकारले तेस्रो वरीयतामा रहेका एआईजी धिरजप्रताप सिंहलाई आइजीपी बनाएको भन्दै उनले असन्तुष्टि जनाएर पदबाट राजीनामा दिएका थिए ।