गत २४ असारमा चीनको ल्हेन्दे खोलामा आएको बाढीका कारण केरुङ नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल र चीनबीचको मालसामान ढुवानी पूर्ण रूपमा बन्द भएको छ । बाढीमा धेरैले ज्यान गुमाए भने ट्रक र कन्टेनरहरू बाढीले बगाउँदा व्यापारीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्यो ।
-1763874554.jpg)
बाढीका कारण नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुलसमेत बगाउँदा झण्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरू बताउँछन् ।
-1763874560.jpg)
-1763874532.jpg)
-1763874480.jpg)
-1763874522.jpg)
